सनराइज ब्लुचिप फण्ड बाँडफाँट, आवेदन दिनेको हात खाली भएन
काठमाडौं । सनराइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराईज ब्लुचिप फण्ड स्किमको प्रति इकाई रु १० अंकित दरको १० करोड इकाई (पूँजी वापत कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई छुट्टाइएको १ करोड ५० लाख इकाई सहित) चैत्र १ गतेदेखि चैत्र ८ गते सम्म बिक्री खुल्ला गर्दा सर्वसाधारण तर्फ रु. १० अंकित दरको ८ करोड ५० लाख इकाई निष्काशन गरिएको छ ।

उक्त निष्काशन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट ५६ हजार ५८ जना आवेदकहरुबाट जम्मा १२ करोड ३७ लाख ६४ हजार ५४० इकाईका लागि आस्वा÷सिआस्वा मार्फत आवेदन प्राप्त भएकोमा ५३ हजार १४४ जना आवेदकहरुबाट रितपूर्वक प्राप्त भएको ११ करोड ८६ लाख १९ हजार ८४० इकाईको लागि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम १०० कित्ता इकाई देखि ३० लाख इकाईसम्म माग गर्ने ५३ हजार १७९ जना आवेदकहरुलाई माग बमोजिम, ५० लाख माग गर्ने ४ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २६ इकाईको दरले र १ करोड माग गर्ने २ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २८ इकाईका दरले सर्वसाधारणहरुको १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ ।

कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडको १ करोड ८७ लाख ५० हजार इकाई बिज पूँजी समेत गरी जम्मा १२ करोड ५० लाख इकाई चैत्र १३ गते दिउसो २ः०० बजे सनराईज बैंक लिमिटेड लगायत अन्य प्रतिनिधिहरुको उपस्थितिमा सनराईज क्यापिटल लिमिटडमा बाँडफाँड कार्यक्रम सम्पन्न गरिएको छ ।













