‘टी प्लस टु’ कार्यान्वयन भएन, सेयर बेचेको रकम ढिला दिएको भन्दै ब्रोकर नम्बर ३७ विरुद्ध उजुरी
काठमाडौं । सेयर बेचेको रकम नदिएको भन्दै ब्रोकर कम्पनी विरुद्ध उजुरी परेको छ । ब्रोकर नम्बर ३७ (स्वर्णलक्ष्मी सेक्युरिटिज प्राइभेट लिमिटेड) ले सेयर बिक्री गरेको महिना दिनसम्म पनि रकम नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ब्रोकर नम्बर ३७ विरुद्ध सुनिता पण्डितले दिएकी हुन् ।
फागुन ११ गते बिक्री गरेको सेयरको रकम ३२ दिनमा पाएको पण्डितले बताईन । एक महिना पछि मात्रै रकम पाएकाले त्यसको थप आर्थिक क्षतिपुर्ती दिनुपर्ने माग गर्दै उजुरी दिएकी हुन् ।
माघ ११ गतेदेखि ‘टी प्लस टु’ लागु भएकोभएपनि त्यसको उल्लङ्घन गर्दै ब्रोकर नम्बर ३७ ले ढिलो रकम भुक्तानी गरेको हो । ‘टी प्लस टू’ लागुभएपछि शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेता र सेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको सेयर आइसक्नुपर्ने व्यवस्था छ तर यसको लागु नगरेको पाइएको हो ।













