टेलिकमको प्रवक्तामा पौडेल र सह प्रवक्तामा मिश्र नियुक्त « Arthapath.com
१६ चैत्र २०७७, सोमबार

टेलिकमको प्रवक्तामा पौडेल र सह प्रवक्तामा मिश्र नियुक्त



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) को प्रवक्तामा सन्तोष पौडेल र सह–प्रवक्तामा अच्युतानन्द मिश्रलाई नियुक्त गरिएको छ । दुवै जनाले सोमबारबाट जिम्मेवारी सम्हालेका छन् ।

यसअघि पौडेल कानून तथा अनुमतिपत्र महाशाखाका निर्देशकमा र मिश्र पूर्वाधार विकास शाखाका उपनिर्देशक रहेका थिए । मिश्रले यसअघि पनि सहप्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्