नेपाल हाइड्रो डेभलोपर्सको तीन बर्षको साधारण सभा आज हुँदै, १५.७८ प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीको १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारण सभा चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौँमा दिउँसो ३ बजेबाट सुरू हुँदै छ ।
सभामा आर्थिक वर्ष २०७६।०७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
बिषय: बोनस शेयर तथा नगद लाभांश घोषणा सम्बन्धी जानकारी।
उपरोक्त सम्बन्धमा मिति २०७७।११।२० गते साँझ ४ बजे बसेको यस कम्पनीको सञ्चालक समितिको ६० औं बैठकबाट आर्थिक वर्ष २०७६÷०७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूजी रु. २६ करोड को १५ प्रतिशतले हुन आउने रु. ३ करोड ९० लाख बराबरको वोनस शेयर तथा ०.७८९५ प्रतिशत (निकटतम अंक) ले हुन आउने रु २० लाख ५२ हजार ६३२ नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गर्ने गरी समितिबाट साधारण सभामा सिफारिश सहित प्रस्ताव पेश गर्ने निर्णय भएको व्यहोरा तहाको जानकारीको लागि अनुरोध छ । साथै, सञ्चालक समितिको मिति २०७५।०९।०९ मा बसेको वैठकवाट आर्थिक वर्ष २०७४।०७५ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय भई तहालाई समेत जानकारी गराईएकोमा विशेष कारणवश साधारण सभा हुन नसकेको र सो को लागि शेयर दाखिला खारेजी बन्द समेत नभएकाले उक्त ४ प्रतिशत समेत समावेश रहने गरी माथि उल्लेखित आर्थिक वर्ष २०७६।०७७ सम्मको संचित मुनाफाबाट उपरोक्त १५ प्रतिशत बोनस शेयर प्रस्ताव गरिएको व्यहोरा जानकारी गराउँदछौं ।














