उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । आज (चैत्र १७ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग र लाभांश प्राप्त लिन पाउने छन् ।
कम्पनीको छैठौँ वार्षिक साधारण सभा चैत्र ३१ गते होटल पौवा, भैरहवामा बिहान साढे १० बजेबाट हुने छ ।
सभामा गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १७.८१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बोनस सेयर बाँडफाँड पश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।












