हिमालयन बैंकले ल्यायो अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि HBL डलर प्रीपेड काड
काठमाडौं । हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि HBLडलर प्रीपेड कार्ड सुविधा प्रचलनमा ल्याएकोे छ । यस सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन ।
यस कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।
इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्नेछन ।
हाल बैंकले ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ ATM र ४२०० भन्दा बढी POS Terminals मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।
















