महिला सहयात्रा लघुवित्तको साधारण सभा आज हुँदै, १०.५३ प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा आज हुँदै छ । लघुवित्त संस्थाको आठौँ वार्षिक साधारण सभा चैत्र १८ गते, बुधबार ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्ने छ । महिला सहयात्रा लघुवित्तले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट शेयरधनीलाई १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी, संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
गत बर्ष महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सातौ औ वार्षिक साधारणसभाबाट ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिएको थियो ।













