मंगलबार नेप्से ३२ अंकले बढ्यो ६ अर्बको कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ३२.१५ अंकले बढेको छ ।
हिजो सोमबार ५.४५ अंकले घटेरको नेप्से आज ३२.१५ अंकले बढेर २५ सय सय ७५.६६ अंकमा पुगेर बन्द भएको छ ।

सोमबार दिनभरिमा २०९ कम्पनीको १ करोड २१ लाख ६० हजार २२० सेयर कित्ता ६८ हजार ३६९ पटक किनबेच हुँदा ६ अर्ब १६ करोड ६६ लाख ८ हजार २ सय ५७ रुपैयाँको कारोबार भएको छ । आज सबै समुहमा हरियाली देखिएको छ । आज २ समुह बाहेक सबै समुहका लगानिकर्ताले कमाएका छन ।














