प्राविधिक समस्याले मेरो सेयरको सेवा ८ बजेदेखि अवरुद्द हुने
काठमाडौं । प्राविधक समस्या आएपछि मेरो सेयर मंगलबार बेलुकादेखि केहि समयका लागी सेवा अवरुद्द हुने भएको छ । प्राविधिक समस्या समाधान गर्न थप सर्भरहरु जडान गर्नुपर्ने भएकोले सेवा अबरुद्द हुने सिडीएसले जनाएको छ ।
सिडीएसका अनुसार चैत्र १७ गते मंगलबार बेलुका ८ बजेदेखि केहि समयको लागि मेरो सेयरको सेवा अवरुद्द गरिने छ ।
मेरो समस्या आएर समाधान गर्नुपर्ने भएकाले १८ गते राफसाफ गरिसक्नुपर्ने कार्यलाई समय बढाएर १८ गते बिहान १० बजेसम्म कायम जनाएको छ ।













