२१ भदौ २०८३, आइतबार

३ बर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौं आउने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी आगमी ३ वर्षभित्र काठमाडौंमा ल्याउने घोषणा गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताएका हुन् ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरेकी हुन् । त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गरेकी हुन् ।