आईएमई जनरलको ७.३७ प्रतिशत लाभांश र ४० प्रतिशत हकप्रद निष्काशन पारित गर्न साधारण सभा आह्वान
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश र ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न २३ औं वार्षिक साधारण सभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीको २३ औं वार्षिक साधारण सभा बैशाख १२ गते केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजे आह्वान गरेको छ । सभाले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । हाल चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ रहेकोमा बोनस र हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पुँजी १ अर्ब ६२ करोड पुग्नेछ ।
त्यस्तै, सभाले गत आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नेछ । त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको गरी निजको पारिश्रमिक तोक्नेछ ।














