दुई दिनमा १८ सयले बढेको सुनको मूल्य आइतबार कतिमा भईरहेको छ कारोबार ?
काठमाडौं । आइतबार छापावाल सुनको मूल्य तोलामा स्थिर रहेर प्रतिातोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा स्थिर रहेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९५० रुपेयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।













