सीबीआईएल क्यापिटलको निर्देशकमा भरत राज वोस्ती - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सीबीआईएल क्यापिटलको निर्देशकमा भरत राज वोस्ती



काठमाडौं । कर्मचारी सञ्चय कोष नेपालका प्रमुख प्रबन्धक भरत राज वोस्ती सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा आबद्ध भएका छन्। वोस्ती नेपालको पूँजी बजार क्षेत्रमा धेरै अनुभवी कर्मचारी हुन । वोस्ती एनआईडीसी क्यापिटल मार्केट लिमिटेडका भुतपूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन ।

कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले वोस्तीलाई २० चैत्र २०७७ मा कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरेका थिए । सोही कार्यक्रममा अध्यक्ष , अन्य निर्देशक र सीईओले निवर्तमान निर्देशक राजेन्द्र शाक्यलाई आफ्नो कार्यकालमा गर्नुभएका महत्वपूर्ण योगदानका लागि धन्यवाद दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्