सनराइज बैंकको नँया वर्षमा रु.२०७८ क्यास ब्याक धमाका « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सनराइज बैंकको नँया वर्षमा रु.२०७८ क्यास ब्याक धमाका



काठमाडौं । नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । यसै कुरालाई मध्यनजर गर्दै बैंकले आउँदै गरेको नँया वर्षलाई उल्लासमय बनाउन आफ्ना ग्राहकहरुलाई क्यास ब्याक योजना ल्याएको छ ।

यस योजना अन्तर्गत २०७८ बैशाख १ गते का दिन आफ्नो सनराइज डेबिट÷क्रेडिट कार्ड प्रयोग गरि रु. २०७८ बराबरको बिल भुक्तानी गर्ने सनराइज बैंकका ग्राहकलाई रु. २०७८ नै क्यास ब्याक प्रदान गरिने छ । यो योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्न तोकिएको रकम बराबरको कारोबार पोइन्ट अफ सेल, क्यूआर कोड वा इ कमर्स मार्फत नै गर्नुपर्नेछ र यस किसिमका कारोबार गर्नुहुने १०० जना ग्राहकहरुलाई उक्त क्यास ब्याक प्रदान गरिने छ ।

साथै बैंकले नँया वर्षको अवसर पारेर ग्राहकहरुलाई दराज अनलाइनमा १५% छुट दिने योजना पनि ल्याएको छ । सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि दराज अनलाइन मार्फत इ कमर्स कारोबार गर्दा कारोबार रकमको १५% वा अधिकतम रु.१,००० छुट पाउने छन् भने क्रेडिट कार्ड मार्फत इ कमर्समा भुक्तानी गर्दा कारोबार रकमको २०% वा अधिकतम रु.१,५०० छुट पाउने छन् । यो योजना २०७७ चैत २९ देखि २०७८ बैशाख ७ गते भित्र गरिने कुनै पनि दराज अनलाइन खरिदमा लागु रहनेछ ।


प्रतिक्रिया दिनुहोस्