मिर्मिरे लघुवित्तद्वारा सचेतनामूलक कार्यक्रम आयोजना सम्पन्न
काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-८ गप्का स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का करिब १०० जना बिद्यार्थीहरुको सहभागितामा लागू पदार्थ सेवन तथा दुर्व्यसनी बिरुद्ध सचेतना तथा ट्राफिक नियम, बिधुत्तीय अपराध, बालबालिका माथि हुनसक्ने यौन जन्य हिंसा सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

इलाका प्रहरी कार्यालय, लम्किचुहा कैलालीका प्रमुख प्रहरी निरिक्षक भरत बहादुर शाहको प्रमुख अतिथ्यत्ता एवं ट्राफिक प्रहरी कार्यालय मोतिपुरका प्रहरी नायब निरिक्षक शोभान सिंह कार्कीको विशिष्ट अतिथ्यत्तामा संचालित वित्तीय संस्थाको केन्द्रीय कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा वित्तीय संस्थाका तालिम सामाजिक बिकास विभाग प्रमुख विकल काफ्ले, बौनिया क्षेत्रीय कार्यालयका प्रबन्धक वेद प्रसाद आचार्यले सचेतना प्रशिक्षण दिनुभएको थियो भने वित्तीय संस्थाका अनुगमन अधिकृत सुरेश बहादुर खड्काले कार्यक्रमको संयोजकत्व गर्नुभएको थियो । विद्यालयको तर्फबाट शिक्षिका सारिका मल्ल र शिक्षक भरत बिष्ट उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रहरी निरिक्षक भरत बहादुर शाहले विधुतिय अपराध ऐन, यौन जन्य हिंसा, लागू पदार्थ दुर्व्यसनी सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो, बालबालिकाहरुमाथि सामाजिक संजालको प्रयोगबाट हुन सक्ने हिँसा, बाल विवाह र सो सम्बन्धि बर्तमान कानुनि व्यवस्था सम्बन्धमा प्रकाश पार्दै, नकारात्मक बिचार मनमा आउन नदिने र सचेततापूर्वक सकारात्मक बिचारको बाटोमा लागे मात्र सफल व्यक्ति बन्न सक्ने बताउनु हुदै बिबिध खाले हिँसा र सो को निराकरणमा प्रहरीको भूमिका झल्कने श्रब्य दृश्य सामग्री प्रस्तुत गर्नुभएको थियो , पेशागत रुपमा प्रहरी सेवामा सेवारत प्रहरी निरिक्षक शाह, अपराधशास्त्रका बिद्यार्थी समेत हुनुहुन्छ । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मोतिपुर कैलालीका प्रमुख प्रहरी नायब निरिक्षक शोभान सिंह कार्कीले सडक सुरक्षामा अपनाउनुपर्ने साबधानी तथा दुर्घटनाबाट बच्न अपनाउनुपर्ने उपायहरु, ट्राफिक संकेत र त्यसको अर्थ, ट्राफिक लाइटमा सवारी संचालन तथा सुरक्षित सडक प्रयोग सम्बन्धि सहभागी बिद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नुहुदै सडक दुर्घटनामा छायांकन गरिएका केहि दृश्यहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

लम्किचुहा नगर क्षेत्रमा बर्षेनी सडक दुर्घटनामा घाइते हुने तथा ज्यान गुमाउनेको संख्या बढिरहेको तथ्य उजागर गर्दै वित्तीय संस्थाका विकल काफ्लेले गत बर्ष सडक दुर्घटनामा परि ज्यान गुमाएकि मिर्मिरे की कर्मचारी स्व।सन्तोष कुमारी बोहराको समेत स्मरण गर्दै भावुक हुनुभएको थियो, कार्यक्रममा बोल्दै संस्थाले यस्ता कार्यक्रमहरु देशभर गर्दै आइरहेको र यसलाई निरन्तरता दीइने समेत काफ्लेले बताउनु भएको थियो ।

धन्यबाद ज्ञापन तथा समापन मन्तव्यका क्रममा बोल्दै वित्तीय संस्थाका बौनिया क्षेत्रीय प्रबन्धक बेद प्रसाद आचार्यले कैलालीको चिसापानी देखि अत्तरीया सम्म विभिन्न स्थानमा ट्राफिक जनचेतना सम्बन्धि सन्देश मुलक बोर्डहरु राख्ने वित्तीय संस्थाको योजना रहेको जानकारी दिनुभयो ।












