सेञ्चुरी बैंकद्वारा नवौं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सेञ्चुरी कमर्सियल ब्यांकको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा ब्यांकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।
चावहिल स्थित ओम हस्पिटल तथा ताहाचल स्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
ब्यांकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रममा पनि ३५ जनाभन्दा बढीको सहभागिता थियो ।