सोमबार थप १२८१ जनामा कोरोना पुष्टि, ८ जनाको ज्यान गयो

काठमाडौँ । सोमबार नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगैै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।
त्यस्तै वितेको २४ घण्टामा र २५५ जना कोरोना संक्रमित निको भएका छन । यो सँग हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ पगेको छ ।
गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जना संक्रमित थप भएका छन । काठमाडौँमा ५०५, भक्तपुरमा ३२ र ललितपुरमा ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । गत २४ घण्टामा देशभर ७ हजार १ पीसीआर र ५४७ एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तैगरी गएको २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो संगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ ।