नेप्सेमा हरियाली छायो, झण्डै सय अंकले बढ्दा ५ अर्ब १० करोड बढिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ । दुई दिन भारि गिरावट आएको नेप्से मंगलबार भने बजारमा हरियाली छाएको हो । नयाँ बर्षको शुरुवाती दिनहरुमा नयाँ रेकर्ड कायम गरेको नेप्से ओरालो लागेको थियो तर मंगलबार भने पुन आफ्नै लयमा फर्किएको छ ।
कोरोना संक्रमणको बढ्दो क्रमले पनि प्रभाव पारिरहेको बेला बैंक तथा वित्तीय संस्थाको त्रेस्रो त्रैमासमा सूचकहरुमा राम्रो भएपछि लगानीकर्ताहरु पनि रमाएका छन् । मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकममा कमी आएको छ ।
मंगलबार नेप्से परिसूचक ९२.४६ अंकले बढेर अ.कले बढेर २५९९.०७ अ.कमा बन्द भएको छ । मंगलबार दिनभरि २१६ कम्पनीको १ करोड २ लाख २ हजार कित्ता किनबेच हुँदा ५ अर्ब १० करोड ९० लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार सबै समूहमा हरियाली छाएको छ । मंगलबार जीवन बीमा समूह ५५८.६३ र निर्जीवन बीमा समूह ५४३.२७ अंकले सर्वाधिक बढेको छ ।