सवारी लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सवारी लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द



कठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन यातायात व्यवस्था विभागले अनिश्चित कालका लागि बन्द गर्ने गरेको छ ।


विश्वभरी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण नेपालमा पनि तीव्र रुपमा विस्तार भैरहेकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द गर्ने निर्णय भएको विभागका प्रवक्ता एवं सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिएका छन ।


सवारी लाइसेन्सको अनलाइन आवेदन यसअघिको लकडाउनको समयमा बन्द भएको थियो ।


प्रतिक्रिया दिनुहोस्