प्राइम कमर्शियल बैंकको नाफा ३८.७६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । प्राइम कमर्शियल बैंकको खुद नाफा ३८.७६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा जुन ३८.७६ प्रतिशतले उकालो लागेको हो ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले उकालो लागेर ४ अर्ब ४० करोड पुगेको छ भने सञ्चालन नाफा पनि ३९.२८ प्रतिशतले उकालो लागेको छ ।
बैंकको नाफा बढेसंगै प्रतिशेयर आम्दानी १९ रुपैयाँबाट बढेर २३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ । हाल १६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ७ अर्ब रुपैयाँ छ ।