निषेधाज्ञा अवधिभर काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने, यसरी लिन सकिन्छ सेवा ?
काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं महानगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । कोरोना या अन्य समस्याका कारण अस्पतालमा जानुपर्ने महानगरपालिकभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिन लागिएको महानगरपालीकाले जनाएको छ ।
११८० र १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजश्वर ज्ञावालीले जानकारी दिएका छन ।
कोरोना भाइरसको दोस्रो लहर फैलिएसंगै काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि आजबाट १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिकाले वृद्ध नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ ।













