असारसम्म पेन्सन खाता सक्रिय गराउन बैंक जानै नपर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

असारसम्म पेन्सन खाता सक्रिय गराउन बैंक जानै नपर्ने



काठमाडौं । नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण पेन्सन लिनको लागि बैंक जान नपर्ने भएको छ ।

पेन्सन खाता हरेक ६ महिनामा सक्रिय बनाउनु पर्ने भएपनि हाल दोस्रो लहरको कोरोना संक्रमण फैलिरहेकाले असारसम्म पेन्सन खाता सक्रिय बनाउन बैंक जान नपर्नेे महालेखा नियन्त्रकको कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

विज्ञप्तिमा पेन्सन बझिरहेकाहरुको बैंक खाता निवृत्तभरण व्यवस्थापन कार्यालयबाट सक्रिय गराई रकम भुक्तानी दिने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

यस्तो छ महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको विज्ञप्ति :


प्रतिक्रिया दिनुहोस्