लुम्बिनी विकास बैंकको संचालकमा खतिवडा नियुक्त « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

लुम्बिनी विकास बैंकको संचालकमा खतिवडा नियुक्त



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संचालकमा केशव खतिवडा नियुक्त भएका छन । बैंकको सञ्चालकको पद रिक्त रहेकाले उनलाई नियुक्त गरिएको हो ।

फागुन २९ बसेको बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई सञ्चालकमा नियुक्त गरेको हो ।

सञ्चालकमा नियुक्त भएसँगै खतिवडाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी दिप इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्