एनआईसी एशिया बैंकका ग्राहकहरूले अनलाईन किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ता पाउने « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

एनआईसी एशिया बैंकका ग्राहकहरूले अनलाईन किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ता पाउने



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता (Cash Back) को योजना सार्वजनिक गरेको छ ।

बैंकले Sastodeal, Gyapu, Reecharger, Infi Store र Khanpin Foods and Tours बाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

यसका लागि ग्राहक महानुभावहरूले बैंकको कार्डमार्फत ई–कमर्श POS भुक्तानी एवं मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) प्रयोगकर्ताहरूले QR भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नुहुनेछ । साथै, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुभएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ष्क्भचखभ मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन ।

बैंकको मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्