सरकारले फेरी ल्यायो संबैधानिक परिषद संबन्धी अध्यादेश, यी हुन राष्ट्रपतीबाट जारी ७ अध्यादेश
काठमाडौं । सरकारले फेरी संबैधानिक नयुक्ती संबन्धी अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार विभिन्न ७ अध्यादेश जारी गरेकी छिन ।
आज जारी अध्यादेशमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधनसहितका अध्यादेश पनि रहेको छ । यो अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न रिक्त संबैधानिक निकायमा पदाधीकारी नियुक्त गरेका थिए ।
संसद पुनीस्थापना पछि बसेको संसदमा सरकारले यो अध्यादेश पेश गरेको थियो । तर संसदमा सो प्रश्ताव विपक्ष दलका सांसदहरुले पेश हुनै दिएका थिएनन् । मन्त्रीपरिषदको हिजो सोमबार बसेको बैठकले विभिन्न ७ ओटा अध्यादेशहरु सिफारिस गरेको थियो ।

त्यसैगरी सरकारले आज विभिन्न अन्य अध्यादेशहरु जारी गरेको छ । यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ छन् ।













