राजनीतिक खिचातानीले नेप्से ओरालो लाग्दै, कारोबार ६ अर्ब ८१ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक घटेको छ । राजनीतिक खिचातानीले गर्दा नेप्से घटेको अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि राजनीति जुर्मुराएपछि नेप्सेमा प्रभाव पारेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओबादी) ले सरकारबाट समर्थन फिर्ता लिएपछि सरकार परिवर्तन हुने देखिएपछि यसको असर नेप्सेले ब्यहोर्नु परेको हो ।

साताको अन्तिम दिन बिहीबार १२.४७ अंकले घटेर २६३७.१३ अंकमा बन्द भएको छ । नेप्से परिसूचक सँगै ३ वटा समूह बाहेक समूहमा राताम्य छाएको छ । बिहीबार नेप्सेमा बैंकिङ्ग समूह ७.११, फाइनान्स समूह ३.८५ अंक र इन्भेष्टमेन्ट समूह ०.१५ अंकले बढेको छ भने अरु सबै समूहमा राताम्य छाएको हो ।
त्यस्तै, नेप्सेमा जीवन बीमा समूह २३९.३३ अंकले सर्वाधिक घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह १३०.३१ अंकले घटेको छ । बिहीबार २१६ कम्पनीको १ करोड ५९ लाख ८० हजार कित्ता किनबेच हुँदा ६ अर्ब ८१ करोड ९१ हजार रुपैयाँको कारोबार भएको छ ।
