गायक प्रेमध्वज प्रधानको ८४ वर्षमा मुत्यु
काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको आज सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । उनको छातीमा देखिएको समस्याका कारण उपचारका क्रममा निधन भएको हो ।
१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मेका उनको उनको ८४ वर्षको उमेरमा ज्यान गएको हो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिदै आएको छ ।
१६ वर्षको कलिलो उमेरमै गीत रेकर्ड गराएका प्रधानको यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ जस्ता धेरै गीतहरु चर्चित छन् ।













