३ वटा कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
२४ बैशाख २०७८, शुक्रबार

३ वटा कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । शुक्रबार तीन वटा कम्पनीको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । शुक्रबार एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्स र नागरिक लगानी कोषको सेयर र सारथी नेपाल लघुवित्तको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो ।

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको सेयर लिलामी आज (वैशाख २४ गते) अन्तिम दिन हो । एनआइसी एसियाले वैशाख १९ गतेबाट नेसनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।

नागरिक लगानी कोषको सेयरमा न्यूनतम १३ सय ४७ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्समा न्यूनतम ४४३ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

त्यस्तै, सारथी नेपाल लघुवित्तको संस्थापक समूहको ४ हजार १५८.५० कित्ता सेयर लिलामी भर्ने आज (वैशाख २४ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँमा यो सेयर बिक्री गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि कम्पनीका संस्थापकहरुले बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्