आइतबार प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

आइतबार प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौ ।आज आइतबार प्रभु इन्स्योरेन्सको शेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले प्रभु इन्स्योरेन्सको शेयरमूल्य आज समायोजन गरेको हो ।

आज नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो समायोजन गरेसंगै इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ८८४ रुपैयाँ कायम भएको छ । इन्स्योरेन्सको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो । गत बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ९७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण गर्नको लागि आज बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न जेठ ६ गते २५ औँ वार्षिक साधारण सभा डाकेको छ ।


प्रतिक्रिया दिनुहोस्