८.४२ प्रतिशत लाभांश पारित गर्न बोलाएको प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा स्थगित « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

८.४२ प्रतिशत लाभांश पारित गर्न बोलाएको प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा स्थगित



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित भएको छ । कोभिड १९ का कारण काठमाडौं उपत्यका लगायत अन्य अन्य स्थानमा निषेधाज्ञा जारी भएपछि अर्को सूचना जारी नभएसम्मको लागि साधारण सभा स्थगित भएको हो ।

यस अघि कम्पनीले जेठ २ गते होटल इच्छा, सिमरा, बारामा १९ औं वार्षिक साधारण सभा बोलाएको थियो । तर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको निषेधाज्ञाले गर्दा सभा स्थगित गर्नुपरेको कम्पनीले बताएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँ पुग्नेछ । यस्तै प्रस्तावित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दै छ ।


प्रतिक्रिया दिनुहोस्