राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन
काठमाडौँ । कोरोना महामारीको दोस्रो लहर बढेसंगै राष्ट्रिय ट्रमा सेन्टर कोभिड १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालनमा आएको छ । पछिल्लो समय कोरोना संक्रमणको दर बढेसंगै सरकारले संक्रमितको उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरलाई कोभिड–१९ डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन ल्याएको हो ।
गत वर्ष पनि कोरोना संक्रमणको दर बढेको बेला कोरोना संक्रमितको मात्र उपचार गरेको सन्टरले यस वर्ष पनि कोरोना संक्रमितको उपचारको लागि कोभिड–१९ डेडिकेटेड अस्पताल बनाइएको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताए ।
अस्पतालमा हाल ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको र बुधबारसम्ममा पूर्ण रुपमा सञ्चालन हुने पौडेलले बताएका छन । अस्पतालमा १० सघन उपचार कक्ष र २०० शय्या छन् ।
अस्पतालमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पुर्ण रुपमा कोभिडका बिरामिको उपचार गरिने अस्पतालले जनाएको छ ।












