२७ श्रावण २०८३, बुधबार

मन्त्रीपरिषद बैठक साँझ बस्ने, संसदको विषेस अधिवेसन अन्त्यदेखी महत्वपुर्ण निर्णय हुने



प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ मन्त्रीपरिषद बैठक बोलाएका छन । प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रयोजनको लागी आह्वान गरिएको संसादको विषेस अधिवेसन अन्त्यको सिफारिस हुने धेरैले अडकल गरेका छन् ।

सोमबार नियमित मन्त्रीपरिषद बैठक बस्ने भएपनि महत्वपुर्ण निर्णय हुनसक्ने अनुमान गरिएको छ । अहिले संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमा सांसदहरुले पक्ष विपक्ष र तथस्टमा मतदान गरिरहेका छन् ।

प्रधानमन्त्रीले विश्वाको मत नपाएपछि सबैभन्दा ठुलो दलको नताले राजिनामा गरेर पुनः प्रधानमन्त्रीमा नियुक्ती हुनसक्ने अडकल पनि भैराखेको छ ।