बुधबार थप ४४४४ जना कोरोना संक्रमणमुक्त, १६८ जनाको ज्यान गयो
काठमाडौं । बुधबार थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्ल्लो २४ घण्टामा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण निको भएर घर फकेका छन । भने आज थप १ सय ६८ जनाको कोरोनाबाट ज्यान गएको छ ।यो संगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार २२५ जना पुगेको छ ।
हाल देशभर एक लाख ६३४ जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।













