सरकारमा दावी नगर्ने कांग्रेसको निर्णय, फेरी ओलीनै प्रधानमन्त्री

काठमाडौं । संसदको दोस्रो ठुलो दल नेपाली कांग्रेसले गठबन्धन सरकारमा दावी नगर्ने जनाएको छ । भर्खरै सकिएको कांग्रेस पदाधीकारी तथा पुर्व पदाधीकारीको बैठकले दुई वा दुई भन्दा बढी दलको गठबन्धनमा बहुमत नपुगेपछि सरकारको दावी नगर्ने जनाएको छ ।
संसदमा चौथो शक्तीको रुपमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले गठबन्धनको नयाँ सरकार गठनमा नलाग्ने बताएपछि कांग्रेसले बहुमत पुर्याउन नसकेको हो । एमालेको असन्तुष्ट माधव नेपाल समुहसंग अध्यक्ष ओलीको सहमतीपछि विपक्षीको नयाँ सरकार गठनको प्रयास विफल भएको छ ।
राष्ट्रपती विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा ओलीलाई नियुक्ती गर्नेछिन । राष्ट्रपतीले संबिधानको धारा ७६ को ३ अनुसार आजै नियुक्ती गर्ने तयारी भएको छ । यसरी नियुक्त ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्छ ।