सोमबार थप २१४ जनाको ज्यान गयो ,५७६७ निको भए
काठमाडौं । सोमबार नेपालमा पछिल्लो २४ घण्टामा ९१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा यति संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५७६७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्याको ३ लाख ४५ हजार ५२३ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२१५ जना पुगेको छ ।













