राष्ट्रपती विरूद्धको हमला किन ? सक्नेभए मै माथी अविश्वासको प्रश्ताव ल्याउः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतीमाथीको हमला लोकतन्त्रमाथीको हमला भएको बताएका छन । उनले अहिलेको सरकारको विकल्पमा अर्काे सरकार बनाउन नसक्ने प्रतिपक्षका साथीहरूले राष्ट्रपतीमाथी लाल्छना लगाएको बताएका छन ।
उनले संविधानलेनै राष्ट्रपतीलाई आलंककारीक अधिकारी दिएकाले मेरो नेतृत्वमा गठित मन्त्रीपरिषदको निर्णयमात्रै राष्ट्रपतीले कार्यन्वयन गरेको प्रधानमन्त्री ओलीले प्रष्ट्याएका छन ।
शुक्रबार राष्ट्रियस्तरका संचारमाध्यामका सम्पादकहरुसंगको अन्तर्क्रियमा बोल्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरुलाई सक्नेभए मेरो विरुद्ध अविश्वासको प्रश्ताव ल्याउन चुनौती दिए ।
शुक्रबार विषेस संबोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन नगर्ने भए मेरै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माणमा सघाउ पुर्याउन आग्रह गरेका छन । राष्ट्रपती विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधार ५ बमोजिम सरकार गठन गर्न दलहरुलाई आग्रह गरेकी छिन । सो अवधी आजै ५ बजे सकिँदैछ ।













