२७ श्रावण २०८३, बुधबार

सके मलाई हटाउ, नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् । प्रतिशपक्ष दलहरुलाई विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका हुन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग हुने ओलीले बताए ।

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु, तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’

त्यस्तै, उनले नेपाली कांग्रेसका सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बताए ।