जिल्ला खेलकुद विकास समिति बझाङ्गको अध्यक्षमा रोकाया चयन « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

जिल्ला खेलकुद विकास समिति बझाङ्गको अध्यक्षमा रोकाया चयन



धनगढी । जिल्ला खेलकुद विकास समिति बझाङ्गकोे अध्यक्षमा पुस्पलाल रोकाया (ज्वाला) चयन भएका छन्। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को बैठकले बझाङ्गको जिम्मेवारी रोकायालाई दिएको हो ।

शुक्रबार बसेको खेलकुद परिषद्को बैठकले कैलाली बाहेकका अन्य आठ जिल्ला अध्यक्षहरुको टुंगो लगाएको हो ।

जिल्ला खेलकुद विकास समिति अछामको अध्यक्षमा मीन बोहरा, बाजुराको अध्यक्ष राकेश थापा, डडेल्धुराको अध्यक्षमा डम्मरबहादुर थापा (रञ्जित), बैतडीको अध्यक्षमा चमन भण्डारी, दार्चुलामा उमेश जोशी, कञ्चनपुरको जिल्ला अध्यक्षमा ओम बस्नेत र डोटीको खेलकुद समिति अध्यक्षमा नरेश मलासी चयन भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्