अन्ततः मध्यराती प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा
काठमाडौं । अन्ततः प्रतिनिधिसभा विघटन भएको छ । संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीका दावेदार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा बहुमत नपुगेको राष्ट्रपती कार्यालयले जनाएको छ ।
दावेदार दुईको दावी नपुगेको भन्दै राष्ट्रपती कार्यालयले घोषणा गरेको केही बेरमै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक राखेर संसद विघटनको प्रश्ताव लगेका थिए ।
संविधानकोे धारा ७६ को ७ बमोजिम मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ गते र मंसिर ३ गते दुई चरणमा निर्वाचनको मिती तोकिदिएकी छिन ।
मध्यराती भएको संसद विघटन र निर्वाचन घोषणालाई विपक्षी दलहरूले छापामार शैली भनेका छन् । संसद विघटनलाई एमाले, राप्रपा र नेपाल पजदुर किसान पार्टी बाहेक अश्न्य दलले असंबैधानिक कदम भनेका छन ।

















