जसपाले पनि महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जसपाले पनि महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी जसपाले पार्टि निर्णय विपरीत विपक्ष दलका सासंदलाई प्रधानमन्त्री बनाउन सीफारिस गरेको भन्दै ४ नेतालाई कारवाहि गर्ने निर्णय गरेको छ । पार्टिको आज बसेको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले बताएका छन ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आजको बैठक बसेको थियो । बैठकमा ३१ जना सदस्यको उपस्थित रहेको जसमा स्रोतले जनाएको छ । जसपामा कार्यकारिणी समिति सदस्यमा ५१ जना रहेका छन ।

जेठ ४ गते मंगलबार जसपाले आज र भोली कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेपनि हिजो एक्कासी अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गदै बैठक स्थगित भएको जानकारी दिएका थिए ।

त्यसैविच हिजै फेरी अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र आज र भोली नै हुने जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्