लुम्बिनी जनरलको १० प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१३ जेष्ठ २०७८, बिहीबार

लुम्बिनी जनरलको १० प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ १४ एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसैले आज जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

लुम्बिनी जनरलले आफ्नो १६ औं वार्षिक साधारण सभा जेठ २८ गते हुने भएको छ । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र ३.७८९४ प्रतिशत नगद लाभांश (करसहित) गरी कूल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्