नेप्सेले हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजन गर्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरिएको । कम्पनीको ३५ बोनस सेयरपछिको मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । कम्पाीको समायोजनपछिको मूल्य ७४४ रुपैयाँ तोकिएको छ ।
बिहीबार ७४४ रुपैयाँमा कम्पनीको सेयर कारोबार हुनेछ । कम्पनीको जेठ २८ गते वार्षिक साधारण सभाका लागी आज (जेठ १३ गते, बिहीबार) देखि बुक क्लोज गरेको हो । सभा कम्पनीको केन्द्रिय कार्यालय थापागाँउ काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । जेठ ११ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।