निर्धन उत्थान र महुली लघुवित्तको संस्थापक सेयर लिलामीमा, प्रतिकित्ता कति छ मूल्य ?

काठमाडौं । निर्धन उत्थानको १ लाख ५ हजार कित्ता संस्थापक सेयर लिलामी खुला गरिएको छ । निर्धन उत्थान लघुवित्तले बिहीबार (जेठ १३ गते) देखि १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामीमा खुला गरेको हो ।
कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा सहभागी बन्नुपर्नेछ । यसमा निर्धनका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । संस्थापक सेयर लिलामीमा जेठ २० गतेसम्म आवेदन दिन सकिन्छ । न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्न सकिन्छ ।
त्यस्तै, एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर आज (जेठ १३ गते, बिहीबार) बाट फेरि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको छ ।
संस्थाले ५६ हजार २ सय ७० कित्ता कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त सेयरको न्युनतम मूल्य ८ सय रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले जेठ ३१ गतेसम्म न्युनतम ५ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।