सनराइज क्यापिटलको १२ करोड ५० लाख कित्ता ब्लूचिप फण्ड नेप्सेमा सूचीकृत

काठमाडौं । नेप्सेमा सनराइज ब्लूचिप फण्डको इकाई सूचीकृत भएको छ । फण्डको १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि एसबिसिएफ (SBCF) सिम्बोल प्रदान गरिएको छ ।
सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटलले चैत्र १ गतेदेखि चैत्र ८ गतेसम्म सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो । प्रतिइकाई १० रुपैयाँ दरको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई फण्ड जारी गरेको थियो ।
क्यापिलटलले यसअघि सनराइज फस्ट म्युचुअल फण्ड ल्याएको थियो । क्यापिटलले १५ प्रतिशत इकाई कोष प्रवर्धक सनराइज बैंकलाई र ८ करोड ५० लाख इकाईभने सर्वसाधारणलाई विक्री गरेको हो ।
