प्रधानमन्त्रीले दिउँसो ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं । बजेटको पुर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन ।
भोली सरकारले अध्यादेश मार्फत आर्थिक बर्षको बजेट ल्याउने तयारी गरेको छ । बजेको पुर्वसन्ध्यामा ओलीले किन सम्बोधन गर्न लागे भन्ने कुरा चासोका साथ हेरिएको छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि भोली अध्यादेशमार्फत बजेट ल्याउन लागिएको छ ।













