२७ श्रावण २०८३, बुधबार

सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब



काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक २०७८–०७९ मा को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

आगामी वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि सबैभन्दा धेरै बजेट छुट्याएको हो । त्यस्तै, प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक १५ हजार रुपैयाँ र्पुयाएको छ ।

बाल विकास सहयोगी कार्यकर्ताले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताए ।