२७ श्रावण २०८३, बुधबार

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय निर्वाचित



काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धन कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले एकालेका निकटतम प्रतिद्धन्दी चन्द्रबहादुर खड्कालाई पराजीत गदै आफु विजयि भएका हुन ।

विजयि भएका पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । पराजित भएका खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका प्राप्त गरेका छन ।

एमालेबाट प्रदेश सभा सदस्य निवार्चित पाण्डे हालै राजिनामा दिएर कांग्रेस प्रवेश गरेका हुन । उनालई कांग्रेस, माओवादि केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षको सर्मथन रहेको थियो ।