काठमाडौं उपत्यकामा निषेधाज्ञा केहि खुकुलो बनाउने तयारी हुदै
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खकुलो बनाउने तयारी भएको छ । गत वैशाख १६ गते विहान ६ बजेबाट गरिएको निषेधाज्ञा थप गदै विहिबार २० गतेसम्म जारी हुने छ ।
आज उपत्यकामा ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गर्ने स्रोतले जनाएको छ । कोरोना भाइरस नियन्त्रणमा नआएको र भिडभाड कायमै रहेकाले अघिल्लो साताबाट निषेधाज्ञामा थप कडाई गरिएको थियो ।
अव निषेधाज्ञाको मोडालिटि परिवर्तन गदै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर लकडाउन थप खुकुलो बनाउने निर्णय हुने सा्रेतले जनाएको हो । १४ गतेबाट एक साता लकडाउन थप गदै खाद्य पसलहरु समेत नखोल्न, अनावश्यक हिडुल गर्न रोक लगाईको थियो ।
प्छिल्ल्लो केहि दिन यता सरकाराले कोरोना परिक्षणको दायरा घटाएसंगै कोरोना संक्रमित हुनेको संख्या घटेको छ । त्यसैगरी पछिल्ला दिनमा कोरोना संक्रमण निको हुनेको संख्या पनि उल्लेख्य रुपले बढ्न थालेको छ ।













