२४ भदौ २०८३, बुधबार

रहेनन् सादगी उज्वल थापा



काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको कोरोना रिर्पार्ट नेगेटिभ आएपछि निधन भएको छ । आज उचचारको क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।

सादगी जिववशैलीका थापाको मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोरोना संक्रमित भएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पताल भर्ना भएका थापाको हिजो कारोना रिर्पाट भने नेगेटिभ आएको थियो ।

ग्रान्डी अस्पतालमा उपचाररत थापालाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

शादा जिनवशैलीका थापाको उपचारको लागी देश विदेशमा रहेका सुभेच्छुकले सहयोग गरेका थिए । थापा गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट विवेकशिल पार्टीको उम्मेदवार बनेका थिए । उनि विवेकशिल पार्टीको संस्थापक अध्यक्ष हुन ।