खल्तीले महिला उद्यमीहरुलाईआधुनिकीकरण र सशक्त बनाउन योगदान पुर्याउँदै « Arthapath.com
२० जेष्ठ २०७८, बिहीबार

खल्तीले महिला उद्यमीहरुलाईआधुनिकीकरण र सशक्त बनाउन योगदान पुर्याउँदै



काठमाडौं । UNCDF र UNESCAP सँग सहकार्य गरि खल्तीले महिलाद्वारा संचालित घरेलु, सानो तथा मध्यम उद्यमीहरुलाई विभिन्न प्रशिक्षण मार्फत सशक्त र डिजिटाइज गर्दै आइरहेको छ । यस कार्यक्रमले महिला उद्यमीहरुलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको छ ।

“महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पुर्याउन पाउनु हाम्रो (खल्ती) लागि ठूलो सम्मानको कुरा हो। हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ” खल्ती डिजिटल वालेटका परियोजना संयोजक, प्रभात कुमार झाले भन्नुभयो। “हामीले सेवा र उत्पादनहरूको निःशुल्क डिजिटल मार्केटिंग प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि MSMEs उद्यमीहरुलाई ल्याएका छौं” झा ले जोड्नुभयो ।

“खल्ती, युएनसीडीएफ र युएनईएससीएपी सँग काम गर्ने अवसर पाउँदा व्यक्तिगत र व्यावसायिक दुवै रूपमा म र हाम्रो सदस्यहरुलाई धेरै नै खुशी लागेको छ। हामी, सबाह नेपाल र सबाह नेपाल द्वारा संचालित– “द भिलेज क्याफे”, यस अभियानमा भाग लिन पाएकोमा कृतज्ञ छौं। वास्तवमै यस प्रशिक्षणले MSMEs उद्यमीहरुलाई आफ्नो दिगो विकास सम्बन्धि व्यवहारिक ज्ञान दिएको छ ।” कार्यक्रममा सहभागी महिला, स्निग्धता श्रेष्ठले बताए ।

यस कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरि धेरै महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ। यस कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यम बाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गरेको छ ।

त्यसैगरि महिलाको नेतृत्वमा संचालन भईरहेको व्यवसायका लागि पनि खल्तीले प्रत्येक टप–अपमा ४% क्यासब्याक प्रदान गरेको छ । यसबाहेक, खल्तीले महिला उद्यमीहरुको व्यवसाय प्रवर्द्धन गर्न र झन्झटरहित भुक्तानीको लागि ५०० एसएमएस र निःशुल्क खल्ती क्यूआरहरू पनि उपलब्ध गराईरहेको छ ।

खल्ती डिजिटल वालेटले अहिले पनि साना व्यवसायहरुलाई कसरी डिजिटाइज गर्ने विषयमा प्रशिक्षण संचालन गरिरहेको छ । इच्छुक व्यवसायीहरुले उनीहरुको सामाजिक सञ्जाल मार्फत र सम्पर्क नम्बरमा बुझी उक्त कार्यक्रममा सहभागि हुन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्